देखाउँछु मुटुको घाउ सक्छौ भने आउ हेर्न
बरु, मैले सक्दिन कसैको दुखेको घाउ हेर्न ।
पानी जमेको पोखरी हेर्न जस्तो सजिलो
सकिँदो रैनछ आँसुले भरिएको तलाउ हेर्न ।
अचानक बर्षौंपछी भेटिन्छौ भन्ने के थाहा ?
शिर निषेध गरिएको छ, सक्छौ पाउ हेर्न।
कस्तो छ, कहँ छे, भनि नसोध्नु नखोज्नु है
अर्कैको मुटुमा बसेको छु सक्दैनौ ठाँउ हेर्न ।
छोरी माइत आइन नभन्नुस्, बर्खा लागेछ
बाढी आएको छ दिनकै जान्छु तिनाउ हेर्न ।





















