काठमाडौं / कोरोना महामारीको दोस्रो लहर फैलिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा कडाइ गर्न थालेको छ ।
जिल्ला प्रशासन कार्यलय काठमाडौंका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको जानकारी दिएको छ ।
ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ।
केही दिनयता हामीले रूघाखोकी र ज्वरो आएका शंकास्पद व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरेका जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
नाकाहरूमा ज्वरो नाप्ने कार्य अहिले प्रभावकारी बनाइएको छ । परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ ।





















