चितवन / प्रधानमन्त्री ओलीको पक्षमा चितवनमा युवा विद्यार्थीको बृहत प्रदर्शन गरेका छन् । नेकपा मा अस्थिरता निम्त्याउने गरी आएको राजीनामाको विरोध गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
नेकपा ले पहिलाको पालैपालो सरकार चलाउने सहमति अनुसार पार्टी भित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने र अहिले स्वास्थ्य अवस्थाका कारण एक पदमा मात्र भए पनि राजीनामा माग भईरहेका बेला समर्थक युवा विद्यार्थीले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै भरतपुरको चौविसकोठीमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले “सरकार ढाल्न पाइँदैन” “आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई”, “ओली सिध्याउन किन यत्रो जोड भारतीय विस्तारवाद नेपाल छोड” जस्ता नारा अंकित प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।
भरतपुरको चौविसकोठीको सडक किनारमा प्लेकार्ड र राष्ट्रिय झण्डा सहित प्रर्दशन गरिएको थियो । प्रर्दशनमा ठूलो संख्यामा युवा विद्यार्थीको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुलाई माक्स तथा ग्लोब्स वितरण गरिएको थियो ।





















