चितवन / काठमाण्डौँपछि पहिलो पटक चितवनमा कलेजोको प्रत्यारोपण सफल रुपमा गरिएको छ । चितवन मेडिकल कलेजका डाक्टर सञ्जय यादब, डाक्टर उकानन्द सिंह लगाएतका १२ जनाको टोलीले यही चैत ८ गते भरतपुर महानगर पालिका १० स्थायी घर भई हाल काठमाण्डौं बस्दै आउनु भएकी बर्ष ५४ की धनकुमारी लामाको शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको हो ।
धनकुमारी लामालाई उहाँकी छोरी उषा तामाङ्गले प्रत्यारोपणको लागि कलेजो प्रदान गर्नु भएको थियो । २ बर्ष अगाडि अनुमति लिएर चितवन मेडिकल कलेजले लामो समय आन्तरिक तयारी र आबश्यक उपकरण तथा दक्ष जनशक्ति तयार पारेर कलेजो प्रत्यारोपण गर्न सफल भएको अस्पतालका अध्यक्ष हरिष न्यौपानेले बताउनु भयो ।
भारतमा कलेजो प्रत्यारोपण गरेको ५० लाख भारु पर्ने गरेकोमा अब २५ लाख नेपाली रुपैँयामा गर्न सकिने अस्पतालले जनाएको छ ।
यो कलेजो प्रत्यारोपणको लागि १२ घण्टा लागेको थियो । कलेजो प्रत्यारोपण गरिएकी धनकुमारी र कलेजो प्रदान गर्ने उषा तामाङ्ग दुबैको अबस्था राम्रो रहेको छ ।





















