चितवन / सुरक्षित आप्रवासनका बारे जनप्रतिनिधि, सरोकारवालाहरु सँग एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
मेड नेपालको आयोजनामा रत्ननगर नगरपालिकामा सम्पन्न भएको अन्तरकृया कार्यक्रममा रतन्नगर नगरपालिकाका जनप्रतिनिधिहरु ,प्रहरी कार्यालय रत्ननगरका प्रहरी, तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सुरक्षति वैदेशिक रोजगारी, ठगि, समस्या, चुनौती, प्राप्त उजुरी तथा कानूनी ब्यवस्थाका बारे छलफल भएको थियो । हेल्भेटास नेपालको प्राबिधिक सहयोग तथा स्थानिय सरकारको नेतृत्वमा मेड नेपालको समन्वयमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत भएको कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख नारायण वनको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव भरतमणि पाण्डेले आप्रवासि सुचना श्रोत केन्द्र र प्रधानमन्त्रि रोजगार कार्यक्रमको महत्व र अपरिहार्यता प्रस्टयाउनु भएको थियो। यसै गरि सामि हेलभेटासका प्रदेश संयोजक तरुण कान्त अधिकारिले बैदेशिक रोजगारिको वर्तमान अवस्था र कोभिड-१९ ले पारेको प्रवाभको बिषयमा प्रस्तुति राख्नु भएको थियो।भने सामि हेलभेटासका सुशासन तथा क्षमता बिकास अधिकृत भक्त राईले बैदेशिक रोजगारिमा जानेको पाश्रव विबरण राखनु पर्ने लगायतका बिषय प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा सामी परियोजनाको हाल समको प्रगति बिवरण र भावि कार्य योजनाका सन्दर्भमा र यसका क्षेत्रहरुका बारेमा अन्तकृयाका सहभागीलाई सामि परियोजनाका संयोजक सुर्य प्रसाद पौडेलले जानकारी गराउनु भएको थियो । भने रत्ननगर नगरपालिकाको प्रमुख कार्यकारि अधिकृत शिशिर पौडेलले बैदेशिक रोजगार ऐन, रोजगारी सम्बन्धि स्थानिय सरकारको प्रयासकाबारेमा सहभागीहरुलाई अभिमुखिकरण गराएका थिए ।
त्यस्तै सामि परियोजनाले जिल्लामा सञ्चालन गरिरहेका गतिविधी र सामि परियोजनाको कार्यन्वयन पश्चात जिल्लामा यसले पारेको प्रभावका बारे मेड नेपालका कार्यकारी निर्देशक मिन राज भण्डारिले जानकारी गराउनु भएको थियो। त्यस्तै बैदेशिक रोजगारी सम्बन्धि ठगी, कारबाहीको अवस्था, रोकथामका लागि भएका प्रयास गतिबिधिहरुको समिक्षा गरिएको थियो चितवन जिल्लामा भरतपुर महानगरपालिका , रत्ननगर नगरपालिका, माडि नगरपालिका र ईच्छाकामना गाउँपालिकामा यो परियोजना सञ्चालनमा रहेको बताइएको छ ।























