काठमाडौं / जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको मुद्दाका विषयमा इमान्दार हुनेलाई साथ दिने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘जो इमान्दार भएर आउँछ उसलाई सहयोग गर्ने हो । इस्युसँग जो उभिन्छ, उसलाई सहयोग गर्ने हो ।’
अहिलेको सरकारले आफूहरुको मुद्दा सम्बोधन गर्छु भनेको पनि महतोले बताए । ‘अहिलेको सरकारले गर्छु भनेको छ, यसको काम राम्रो छ कि छैन हेरौं न’ नेता महतोले भने ।
सत्ता साझेदारीका लागि महत्वपूर्ण हैसियतमा रहेको जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका विषयलाई मागका रुपमा अघि सारेको छ । मंगलबार पनि जसपा नेताहरुले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।





















