
काठमाडौं / नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएले) ०७८ साल जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । वाइसीएलले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताएका छन् ।
चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रीय समितिको बैठकको निर्णयबारे प्रेस वक्तव्य आइतबार जारी गर्दै हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय भेलाका लागि स्थानीय तह, जिल्ला तथा प्रदेश भेलाहरुबाट प्रतिनिधि छनोट गरिने पनि ‘दीपशिखा’ले बताएका छन् ।
यस्तै, बैठकले संगठनको विधान संशोधन गर्दै केन्द्रीय समिति १६१ सदस्यीय हुने तय गरेको छ । त्यस्तै वाईसीएलका हालसम्मका सबै समितिलाई भेला आयोजक समितिमा रुपान्तरण गरेको छ ।





















