गैडाकोट / प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा गैडाकोटमा शुक्रबार जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।
आन्दोलनका क्रममा भारतीय हस्तक्षेप बन्द गर ,आज हैन भोलीलाई , हाम्रो समर्थन ओलीलाई , देशको मुहार फेर्नु छ साथी , पार्टीभन्दा राष्ट्रमाथि लगाएतका नाराहरु लगाएका थिए । विरोध कार्यक्रममा गैँडाकोट का करिब ६० जना युवाहरु सहभागी भएका थिए ।
सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए । नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमत मान्न आग्रह गरे ।





















