चितवन / पन्चकन्या ग्रुप र डेन्सीटी कम्पनीको आधिकारिक विक्रेता दिव्य शक्ति ट्रेड लिङ्क भण्डाराको आयोजनमा प्लम्बर भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
पन्चकन्या समूहका रिजनल सेल्स मेनेजर श्याम अर्याल को प्रमुख आतिथ्यथामा सम्पन्न उक्त कार्यक्रममा प्यूठान सिमेन्टका रिजनल सेल्स मेनेजर दिपक विष्ट विशिष्ट अतिथि को रूपमा सहभागी हुनुभएको थियो भने पन्चकन्या समूह चितवन का एरिया सेल्स मेनेजर रिदम पौडेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
दिव्य शक्ति ट्रेड लिङका प्रोपाईटर बद्री प्रसाद पाठक ले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रम मा सोही ट्रेड लिङ्का अर्का प्रोपाईटर अन्जन सेढाँईले स्वागत मन्तव्य राख्नु भएको थियो ।आफूहरू सँधै प्लम्बरहरूको साथमा रहेकोले प्लम्बिङ को काम गर्दा आउने समस्या हरू आफूहरू सँगै बाड्न आग्रह गर्दै आफ्ना ग्राहकलाई सस्तो भन्दा पनि गुणस्तरिय पाईप ,फिटिङ्सहरू प्रयोग गर्न सेडाईंले सुझाव दिनुभयो ।प्रमुख अतिथि को रूपमा पन्चकन्या समूहका रिजनल सेल्स मेनेजर श्याम अर्यालले नेपाली बजारमा पन्चकन्या समूहले प्लास्टिक डिभिजन अन्तरगतका एन .एस चिन्ह प्राप्त HDPE ,PPVC,CPVC,PPR पाईप फिटिङ्स र एस.एस.वाटर ट्याङ्क बजारमा विक्री वितरण गर्दै आएको छ ।
जतिपनि बजारमा आएका पन्चकन्या समूह का उत्पादन हरू छन् ति सबै नेपालको कन्ट्रक्सन क्षेत्रमा वायनियर प्रोडक्ड हुन् ।यी प्रोडक्ड हरू पन्चकन्या समूह ले नै नेपाली बजारमा पहिलो पटक ल्याएकोले तुलनात्मक रूपमा पनि बजारमा उपलब्ध अन्य कम्पनीका उत्पादन भन्दा गुणस्तरिय रहेको बताउनु भयो।हाम्रो उत्पादनहरू प्रयोग गर्दै गर्दा केही समस्या भएमा प्लम्बर साथीहरू ले सल्लाह सुझाव दिनुहोला हामी हाम्रा उत्पादन हरूमा भएका समस्याहरूलाई सुधार्दै थप गुणस्तरिय बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रम मा दिव्य शक्ति ट्रेड लिङ्कका सहायक डिलरहरू राप्ति सेनिटरी एण्ड सप्लायर्सका प्रोपाईटर सौरव कंडेल र शुभ लक्ष्मी सप्लायर्सका प्रोपाईटर ईश्वर सिलवाल लगायत राप्ती नगरपालीकाका एक सय भन्दा बढी प्लम्बर हरूको सहभागिता रहेको थियो ।





















