चितवन / भरतपुर फलफूल तथा तरकारी मण्डी भरतपुर महानगरपालिका वडा न. १० थानी चोक चितवनमा २०७७ साल मंसीर महिनाको ५ गतेबाट सञ्चालन भैइरहेको छ ।
भरतपुर फलफूल तथा तरकारी प्रा.लि द्धारा सञ्चालित भरतपुर फलफूल तथा तरकारी मण्डीले प्रत्येक खरिद कर्ताहरुलाई कुपन प्रदान गरी हरेक महिनामा उपहार तथा पुरस्कार प्रदान गदै आएको छ । यसै क्रममा फागुन महिनामा खुलेको नतिजामा राप्ती २ बडौलि का लक्ष्मण ढकाल पर्नुभएको मण्डीका सञ्चालक सुदन दराईले जानकारी दिनुभयो ।
ढकाललाई चौथो पुरस्कारको रुपमा डिनर सेट परेकाले सो पुरस्कार मण्डीका सल्लाहकार इश्वर सापकोटा ( सुमन) र चेत प्रसाद सेढाइले हस्तान्तरण गर्नुभयो ।
ढकाल भरतपुर फलफूल तथा तरकारी मण्डीको मासिक उपहार योजना अन्र्तगत चौथो भाग्यशाली विजेता बन्नु भएको छ ।























