मेरो घरको बागडोर
सम्हाल्न आफ्ना सबै
छोडेर आकी छौ ।
कसैको छोरी मात्र थियौ
आज मेरो घरको
शोभा भाकी छौ ।
कहिले कहिँ तिमीलाई राम्रो
होस् भनि केहि सिकाउला
आमा सरह ठानी दिनु ।
मेरो हरेक शब्दहरुमा तिमीहरुकै
भलाई लुकेको हुन्छ, केहि
कुराहरु मानी दिनु ।
मैले दुख्ख गरी हुर्काएर आज
कमाउन सक्ने छोरो
तिम्रो हातमा छ ।
सँधै अघि बढ्नु तिमी,हामी डाँडो
माथीको घाम भएपनि छोरो
सँधै तिम्रो साथमा छ ।
छुट्टिएर बस्न नखोज्नु कहिल्यै
हामीबाट,तिमी हाम्रो अन्तिम
साहरा हौ ।
हामी कहिँ कसैको आशा
गर्दैनौ किनकी हामी
तिम्रै अभिभारा हौं ।
यो झुपडीलाई घर
बनाउने कि मन्दिर सबै
तिम्रै हातमा छ ।
हाम्रो सम्झाइलाई गलत
नसम्झिनु, शुभभाव
सँधै तिम्रो साथमा छ ।
दुइदिन आउने पाहुनाको
अगाडि शिर कहिल्यै
नझुकाइ दिनु ।
कहिँले कहिँ नराम्रो भयो
भन्दैमा गाउँमा कुरा
नफिँजाइ दिनु ।
भुल त पक्कै हुन्छ हामीबाट
पनि किनकी कनकने
बानी परिसकेको छ ।
सम्हाल्नु आफ्नो घरलाई
किनकी अब तिम्रै नाउँको
दियो बलि सकेको छ ।
तिमी पनि एक दिन सासु
हुन्छौ, यो कुराहरु सँधै
मनन गर्नु ।
नराम्रो कुरा छाडिदिनु
केबल राम्रो कुराको
वर्णन गर्नु।।
धन्यवाद !!!
– सबै सासु गलत हुँदैन बस बुझाइ गलत हुन सक्छ कहिलेकाहीँ आफुलाई पनि अवश्य पढ्ने गर्नु ।
लेखक देविका कुवँर – दुखको साथी अभियानको संयोजक हुनुहुन्छ ।





















