चितवन / चितवनको भरतपुर महानगर पोखरा बसपार्क नारायणगढमा रहेको आदिकवि भानु मा्ध्यामिक विद्यालयमा अनिश्चितकालिन तालाबन्दी भएको छ ।
आदिकवि विद्यालय प्रशासनले मनोमानी रुपले विद्यार्थीको लकडाउन अवधीको शुल्क लिएको भन्दै अनेरास्ववियु भानु मावि कमिटीले प्रधानाध्यापकको कक्ष र लेखामा तालाबन्दी गरेको भानु माविका विद्यार्थी युवराज मगरले बताए ।
सुरु मा ७२ घण्टे अल्टिमेटम दिदाँदिदै पनि प्रशासनसहित प्रधानाध्यापकले बेवास्ता गरि उल्टै विद्यार्थीलाई थर्काएको मानसिक यातना दिएकोले यो कदम चाल्न मजबुर भएको विद्यार्थीहरुले गुनासो गरेका छन् । साथै आफ्नो माग पूरा नभएसम्म तालाबन्दी हुने समेत विद्यार्थीहरुले जानकारी दिए ।
विद्यार्थीले उठाएका माग
- अभिभावकसँग जबर्जस्ती अनलाइन क्लासको नाममा असुलेको शुल्क फिर्ता गर्ने विद्यालयको पुस्तकालयमा प्रयाप्त मात्रामा पुस्तक व्यवस्थापन गर्नु पर्ने ।
- विद्यालयको शौचालय, खानेपानी व्यवस्थापन साथै रेडक्रस सामग्री उपलब्ध गराउनुपर्ने ।
- विद्यालयले लकडाउनको समयको पनि शुल्क उठाउन खोजेकोमा उक्त कदम तुरुन्त रोक्नु पर्ने ।
- यातायातको शुल्क सहुलियत गर्नु पर्ने ।
- क्यान्टिनको उचित व्यवस्थापन हुनुपर्ने ।
- विद्यालयको सामाजिक लेखा परिक्षण हुनुपर्ने ।
- विद्यार्थीसँग उठाइएको प्रतति विद्यार्थी बराबर २० हजार धरौटी रकम धरौटी खातामा नभएकाले सो बारे छानबिन हुनु पर्ने ।
- विद्यार्थीलाई दिनु पर्ने छात्रवृत्ति लुकाइएकोले यसको जवाफ दिनुपर्ने र छात्रवृत्ति पुनः सुचारु हुनुपर्ने
- विद्यालयको भौतिक सरचना निर्माण गर्दा अनियमित ढङ्गले समितिको निर्णय बेगर टेण्डर कोटेशन बिना कार्य गरि लाखौं लाख भष्ट्रचार भएकोले यसको छानविन हुनुपर्ने ।
- विद्यालयको अक्षयकोष हिनामिना गरि भष्ट्रचार गरिएकोमा छानविन हुनुपर्ने ।





















