चितवन / ज्योति पुस्तकालय को सदस्य , धनगढा एकिकृत विकास समितिका आजिवन सदस्य तथा किशोर हमाल ,विनोद हमाल र विराज हमाल को पुजनिय पिता शिव शमशेर हमाल को ८४ वर्षको उमेरमा भएको निधनले ज्योति पुस्तकालय तथा धनगढा एकिकृत विकास समिति परिवारलाई स्तब्ध बनाएको छ ।
मृत्यु शोकको यस दुःखद् घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।
समवेदना प्रकट कार्यक्रममा ज्योति पुस्तकालयका उपाध्यक्ष संगिता थापा सचिव नबिन बाबु मरहट्टा , सह सचिव कपिल खनाल, निर्मला बास्तोला , पूर्व अध्यक्षहरु शित्तल पन्त र टंक प्रसाद रिमाल लगायत सम्पूर्ण कार्यसमितिहरु र धनगढा एकिकृत विकास समितिका अध्यक्ष भरतसिह कुवँर , निवर्तमान अध्यक्ष हरि पन्त , सचिव मदन घिमिरे र सल्लाहकार विनोद खतिवडा , समाजसेवी कृष्णराज मरहट्टा लगायत सम्पूर्ण कार्यसमितिहरु को उपस्थिति रहेको थियो ।
























