चितवन / सुरक्षित आप्रवासन परियोजाना (सामि)को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार र स्विजरल्याण्ड सरकार बिच दुई पक्षीय समझौता भई नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहलमा हेल्भेटास नेपालको प्रबिधिक सहयोगमा सञ्चालित परियोजना चितवनका ४ वटा पालिकाहरुमा सञ्चालन आइरहेको छ भने सेवा प्रदायक संस्थाको रुपमा मेड नेपालले कार्य गरिरहेको छ।
आज भरतपुर एक कार्यक्रमाका बिच सम्पन्न अर्धवार्षिक समिक्षा कार्यक्रम ४ वटौ पालिकाका मेयर , उप मेयर ,अध्यक्ष वार्ड अध्यक्षहरु लगायत प्रमुख प्रशासकिय अधिकृत ज्यू हरुको उपस्थिति रहेको उक्त कार्यक्रम लाई मेड नेपालका अध्यक्ष श्री बाबुराम आचार्यले अध्यक्षता गर्नु भएको थियो भने सन्देश अधिकारिले सञ्चालन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा मेड नेपाल संस्थाका कार्यकारि निर्देशक श्री मिनराज भण्डारी ज्यूले स्वागत मन्तवय राख्दै कार्यक्रमको उदेश्य प्रष्ट्याउनु भएको थियो साथै सो कार्यक्रमा सामि परियोजनाले जिल्ला भित्र गरेका कामको प्रगति र आगामि योजनाको सम्वन्धमा परियोजनाका संयोजक श्री सुर्य पौडेलले प्रष्ट्याउनु भएको अर्धवार्षिक समिक्षा कार्यक्रमा सामि हेल्भेटासको कार्यक्रम अधीकृत उमा पौडेलले सामिको अवधारण बिषयगत रुपमा प्रस्तुति राख्नु भएको थियो ।
साथै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पिडित भण्डारी ज्यूले कार्यक्रमलाई थप प्रवाभकारि रुपमा सञ्चालन गर्न अन्य वार्ड र पालिकाहरुमा बिस्तार गर्न आवस्यक रहेको औल्याउनु भएको थियो ।
यसै गरि माडि नगरपालिकाकि उप–मेयर तारा काजि महतोले सामि परियोजना स्थानिय तहको कार्यक्रम भएकोले सफल बनाउनु हामि सवैको दाइत्व भएको भन्दै आवस्यक साथ ,सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्दै सामि लाई थप अन्य पालिकामा बिस्तार गर्नु आवस्यक रहेको बताउनु भयो ।
यसै गरि मेड नेपलाका अध्यक्ष बाबुराम आचार्य ज्यूले मेड नेपाल बिगत २७ वर्ष देखि सेवा प्रदायक संस्थाको रुपमा कार्य गर्दै आईरहेकोले सामि परियोजना लाई थप सश्कत र प्रवाभकारि ढङगले सञ्चालन गर्ने प्रतिवद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।






















