काठमाडौं / फिल्म निर्माता तथा नायक भूवन केसीले आफू लगायत फिल्म निर्माता विरुद्ध अभिनेत्री साम्राज्ञि राज्य लक्ष्मी शाहले झुटो प्रचार गरेको आरोप लगाएका छन्।
केही दिन अघि सामाजिक सञ्जाल इन्ट्राग्राममा अभिनेत्री शाहले भिडियो पोष्ट गर्दै आफू दुव्र्यवहारमा परेको बताएकी थिइन्।
दुव्र्यवहारको आरोपपछि अभिनेता केसीले सामाजिक सञ्जालमा एक पोष्ट सेयर गर्दै झुटो प्रचार नगर्न चेतावनी दिएका हुन।
यस्तो छ अभिनेता केसीको फेसबुक पोष्ट
तपाईंलाई पहिलो पटक नायिकाको रुपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्सबाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती, तपाईं धन्यवादि हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु
करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेतभै सुपरहिट् भएको चलचित्र ड्रिम्सको शूटिङको क्रममा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायत अरु निर्माताहरुलाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ १ आफुलाई ब्रेकदिने पितातुल्य ब्यक्तीको बारेमा अनर्गल तथा झुटा कुराहरु उल्लेखगरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रममा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्बन्धमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ।
अब उप्रान्त तपाईंले म भुवन केसी ले बिगत करिब ४० बर्ष देखी नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म यहि चलचित्रको क्षेत्रमा रात दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी पुनः त्यस्ता मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम, फेसबूक या अन्य कुनै पनि सामाजिक सन्जाल्मा पोस्ट नगर्न, हुन सुचित गर्दछु
मेरो यो सुचनाको बाबजुत तपाईंले यस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं उपर प्रचलित साइबर कानुन र मानहानी सम्बन्धी कानुनको प्रगोग गरी मलाई पुग्न गएको मानसम्मानको हानी नोक्सानी उपर तपाईंबाट यथोचित क्षतिपुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजायको भागेदारी गराउनुको निमित्त,आवश्यक कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईंलाई बढो दुःखका साथ जानकारी गराउदछु
भवदिय भुवन केसी
सिनामंगल ,काठमाडौं ,वडा न .९
मिती २०७७ साल, अषाढ १८ गते





















