चितवन / एस एण्ड पी कम्पनीले ४०० भन्दा बढि कम्पनीहरु दर्ता गराई विभिन्न सेवाहरु दिई सकेकोले आफ्रनो स्थापनाको सातौं वार्षिक उत्सवको अवसर पारेर यही फागुन १५ गते शनिबारका दिन सेवाग्राही र सरोकारहरु बीच अन्तरक्रिया कार्यक्रम सन्चालन गर्ने भएको छ ।
करसंग सम्बन्धित विज्ञ कर्मचारीहरु र कम्पनी संचालकहरु बीच संस्था दर्ता , नविकरण तथा अध्याबदी गर्ने बारे छलफल हुने संस्थाका प्रोपाइटर सुर्य प्रसाद श्रेष्ठले आफ्रनै सेवा केन्द्र परिसरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

संस्था दर्ता लगायतका कम्पनी रजिष्टार कार्यलयर्सग हुने कार्यका लागि एकमात्र र विश्वाशिलोे कम्पनी दावा गर्ने एस एण्ड कम्पनीले चुस्त , दुरुस्त र छरितो रुपमा शुपथ शुल्कमा सेवा दिइरहेको र भोलिका दिनमा अझ बढि ग्राहकमुखि कार्यक्रमहरु संच्चालन गरिने संन्चालक सूर्य श्रेष्ठले जानकारी दिनु भयो ।
संस्थाले आफ्रनो व्यवसायीक सफलता सँगै भोलिका दिनमा कम्पनीले आर्जन गरेको मूनाफाबाट असाहय तथा गरिव बालबालिबाहरुको शिक्षामा सहयोग गरिने समेत कम्पनीका प्रोपाइटर सूर्य श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अन्र्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा यही फागुन १५ गते शनिबार दिनको ११ बजे बाट शुरु हुने जनाइएको छ ।
पत्रकार सम्मेलन
नेपाल सरकारको चौथौ. अंगको रुपमा दर्जा पाउनु भएको सत्य तथ्यको पहरेदार स्वतन्त्र र निर्भिक रुपमा रहनु भएको स्वच्छ छवि भएको मेरो स्नेही तथा श्रद्धेय पत्रकार बन्धुहरु आफनो अमूल्य समयलाई थाती राखी यस एस एण्ड पी. कम्पनीको सातौ वार्षिक उत्सवको कार्यक्रमको जानकारीको लागि महत्व दिई मेरो निम्तोलाई स्वीकार गरी उपस्थित भई शोभा बढाई दिनु भएकोमा सर्वप्रथम पत्रकारज्यूहरुलाई भित्रै अन्तर आत्मादेखि आभार प्रकट गरी स्वागतको साथ धन्यवाद टक्रया्रउन चाहन्छुु ।
यस एस एण्ड पी कम्पनीले बिगत बर्षहरुमा झै वार्षिकोत्सव मनाउन आइरहेकोमा यस बर्षमा पनि भब्य रुपमा वार्षिकोत्सव कार्यक्रम मनाउने लक्ष्यअनुरुप उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, कम्पनी रजिष्ट्रारको कार्यालयको प्रमुख रजिष्ट्रार, उपरजिष्ट्रार, सहायक रजिष्ट्रार तथा अधिकृत र अन्य ना.सु कर्मचारीको आतिथ्यमा कम्पनी प्राइभेट लिमिटेड र पब्लीक लिमिटेड सम्बन्धी प्रशिक्षण र अन्तरक्रिया कार्यक्रम र आन्तरिक राजस्व कार्यालयका बिशिष्ट कर अधिकृतवाट आयकर, मूल्य अभिबृद्धि कर र अन्तशुल्क कर सम्बन्धी प्रशिक्षण कार्यक्रम मिति २०७७ साल फाल्गुण १५ शनिवारको दिन बिहान ११ बजे देखि चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा अबस्थित साबिक जिल्ला बिकास समितिको परिवर्तित हाल जिल्ला समन्वय समिति रहेको भवनको दोश्रो तलाको सभा हलमा प्रशिक्षण कार्यक्रम गरिने भएको हँुदा प्राइभेट तथा पब्लीक कम्पनीको संचालक तथा शेयर होल्डर्स एवं ब्यावसायिक करदाता,सरोकारवाला तथा पत्रकार महानुभावहरुलाई गरिमामय उपस्थितिको लागि सादर अनुरोध गरिएको छ ।
यस एस.एण्ड पी.कम्पनी नेपाल सरकार उद्योग, बाणिज्य तथा आर्पूति मन्त्रालय कम्पनीको रजिष्ट्रारको कार्यालयबाट बैधानिक रुपबाट इजाजत प्रमाण पत्र पाई चितवनको एकमात्र आधिकारिक सेवा केन्द्रको रुपमा रही बिभिन्न फर्म प्रा.लि.कम्पनीहरुको नयाँ दर्ता, नवीकरण÷अद्यावधिक, प्रा.लि. हरुको स्थान परिबर्तन, नाम परिबर्तन (ठाउँ सारी नाम सारी) उद्धेश्य संसोधन , शेयर होल्डर्सहरु थप घट, कम्पनीको पूँजि बृद्धि,कम्पनी बिघटन लगायत कार्य सर्वसुलभ र छिटो छरितो ढंगबाट सेवा पुर्याएको ब्यहोरा जानकारी गराउन चाहन्छु ।
साथै ब्यपारिक करदाता ज्यू कम्पनी सम्बन्धी जानकारी नभएर नयाँ दर्ता गरेपछि दुःख कष्ट पाई धेरै हर्जना तिर्नु पर्ने भएपछि एस.एण्ड पी कम्पनीसंग सेवा लिन आउने गर्नु भएको छ । तसर्थ बेलैमा नै सचेत भई पछि नपछुताउने गरी मान्यता प्राप्त जिम्मेवारी पाएको आधिकारीक सेवा केन्द्रसंँग मात्र कारोवार गरी सेवा लिई आफ्नो ब्यवसाय सुरक्षित राख्नु हुन हार्दिक अनुरोध पनि गर्दछु ।
सूर्य प्रसाद श्रेष्ठ
एस.एण्ड पी. कम्पनी
भरतपुर,चितवन























