चितवन / प्रोग्रेसिभइन्जिनियरिङ एशोसिएसन चितवनको प्रथम भेलाआज शनिबार सम्पन्नभएको छ । भेलाको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालबाट भएको हो ।
प्रथम भेलाले प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको अध्यक्ष सूर्यप्रकाश लामालाई चयन गरेको छ । भेलाले सचिवमा सन्तोष आचार्यलाई चयन गरेको छ ।
भररतपुर महानगरपालिकका प्रमुख रेनु दाहालको प्रमुखआतिथ्यतामाभएको कार्यक्रममा चयन भएका कार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियो ।
एशोसिएसनका केन्द्रीय संयोजकनन्दलाल बन्जाडेको विशिष्ट आतिथ्यमा भएको भेलाले १०१ सदस्यीयजिल्ला कमिटी पनि चयन गरेको छ । यो नेकपा (प्रचण्ड माधव समूह) का इन्जिनियरहरुको प्रथमजिल्ला भेला एकतापछि नेपालमै पहिलो पटक भएको हो । बाँकीपधाधिकारी र जिम्मेवारीहरु भने नवनिर्वाचित कमिटीको पहिलो बैठक मार्फत छिटै टुंगाउने बताइएको छ ।
पिन नेपालभित्र वाप्रवासमा रहेर इन्जिनियरिङ पेसा व्यवसाय गरिरहेका प्रगतिशील समाजवादलक्षित वैचारिक दृष्टिकोणलाई समर्थन गर्ने नेपाली इन्जिनियरिङ्ग पेशाकर्मीहरु पेशागत संगठन हो । यसको विधानले केन्द्रसँगै प्रदेश समिति, जिल्ला समिति, स्थानीय समिति र इकाइ समिति रहने व्यवस्था गरेको छ ।
साथै यस भेलाले १० सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ। सल्लाहकारहरुमा बाबुराम ढकाल, हरि भण्डारी, माघव उप्रेती,राजेश कोइराला, रत्न लामिछाने, वीरेन्द्र चौघरी, विराट घिमिरे, खिमानन्द सुवेदी, मेघनाथ शर्मा र बलिभद्र न्यौपानेलाई पनि चयन गरेको छ ।





















