काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थपिएको छ। काँग्रेसले १४ औँ महाधिवेशन भदौ ७ देखि १० गते सम्म काठमाडौंँमा गर्ने निर्णय गरेको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच महाधिवेशनको मितिमा सहमति भएको हो।
निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले एकवर्ष म्याद थप गरेको थियो। जसको म्याद फागुन १९ गते सकिँदैछ।





















