काठमाडौं / चिकित्सकहरुको बुधबारबाट लागु हुने गरि परामर्श शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले विज्ञप्ति जारी गर्दै आजको मितिबाट लागू हुने गरी चिकित्सकहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो ।
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गते सम्झौता गरेको थियो।
चिकित्सकको योग्यता र अनुभवका आधारमा शुल्क निर्धारण गरिएको छ । पाँच वर्षसम्म अनुभव भएकोलाई ३७० रुपैयाँ र ५ वर्षभन्दा बढी अनुभव भएका चिकित्सकको परामर्श शुल्क ४५० रुपैयाँ तोकिएको छ । त्यसैगरी १० वर्षसम्म अनुभव भएका चिकित्सकको परामर्श शुल्क ८२५ रुपैयाँ रहने छ ।





















