काठमाडौं / नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलात्कृत भएका चेलीहरुले धिक्कारेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेता नेपालले देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले बलात्कृत भएका चेलीहरुले ओलीलाई धिक्कारेको बताए ।
केपी ओलीको शासनकालमा ७ हजार १७० नेपाली चेली बलत्कृत भएकी छन् । ती चेलीहरुको आत्माले ओलीलाई धिक्कारेको नोलले बताए ।
‘ओली तिमीले कतिजनालाई सजाए दिएका छौ,’नेपालले भने, ‘तिमिजस्ता मान्छेलाई पार्टीले त्यो पदमा पुर्यायो तर तिमीले लोकतन्त्र समाप्त पार्न लागेका छौं । तिमिलाई धिक्कार छ । आम नेपाली जनताले भनेका छन् । केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि भन्लान केपी ओलीलाई धिक्कार छ ।’
ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको नाथको नाम जपेपनि माफी नपाउने बताएका हुन् ।
‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ, ‘नेता नेपालले भने, ‘तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया ।’





















