चितवन / सगरमाथा बाल गृहलाई टर्जिन कपडा ब्रान्डले स्टेशनरि सामानहरु दिने र खाजा खुवाउने काम सम्पन्न गरेको छ ।
सो बाल गृहमा कक्षा तीन देखि दश सम्म पढ्ने दश जनाले अध्ययन गर्छन् । सगरमाथा बाल गृह पुरानो हो यो दश बर्ष देखि चितवनका भरतपुर वडा न. १२ मा नै रहेको छ । बाल गृहका साना नानीहरु सहयोग पाउँदा निकै खुशी भएको देखिन्छ । सहयोग आउँदा केही आशा को साथमा उनिहरुले आफ्नो भबिस्य उज्वल भएको बताउनुभयो । यस टर्जिन ब्रान्डले ५ प्रतिशत मुनाफा सगरमाथा बाल गृहलाई छुट्याको थियो । तर्जिन कपडा सुशात पौडेल र अच्युत आचार्य द्वारा सन्चालन भएको छ ।
टर्जिन कपडा फेसन ब्रान्डले बिगत ११ महिना देखि गुणस्तरिय सामान सुपथ मुल्यमा प्रदान गर्दै आहिरहेको छ । आगामी दिनहरुमा नि सहयोग गर्ने पौडेले बताउनुभयो ।






















