काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल नेकपाले बैतडी दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।
नेकपाका दुबै अध्यक्ष प्रचण्ड र नेपालले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्।
विगतमा निर्मला पन्तको अनुसन्धानजस्तै यो घटनामा गैरजिम्मेवार नबन्न विज्ञप्तिमा अनुरोध गरिएको छ।






















