काठमाडौं / नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनबिरुद्ध थप आन्दोलन गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो । घोषित कार्यक्रमअनुसार काँग्रेसले माघ १९ गते भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यस्तै आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ। माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ ।





















