चितवन / नेपाल क्षयरोग संस्थाले केन्द्रीय सदस्यमा संस्थाका चितवन सभापति दामोदर न्यौपानेलाई मनोनित गरेको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्र वहादुर प्रधानको अध्यक्षतामा बसेको केन्द्रिय समितिको बैठकले न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । देशका विभिन्न ३५ वटा जिल्लामा शाखा रहेको संस्थाले क्षयरोगको औषधि वितरण, विभिन्न जनचेतनामूलक कार्यक्रम आदी गर्दै आएको छ ।
२०३५ सालमा स्थापना गरिएको नेपाल क्षयरोग संस्था चितवन शाखाले स्थानिय श्रोत र साधनलाई प्रयोग गर्दै , स्थानिय निकाय संगको सहयोग र सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको शाखा सभापति दामोदर न्यौपानेले बताउनुभयो ।
नौ जनाको कार्य समिति रहेको चितवन शाखामा रहेका दुईजना कर्मचारीलाई पारिश्रमिक प्रदान गर्न र एम्वुलेन्स सञ्चालन गर्न संस्थाको भवनवाट प्राप्त भाडामा भर पर्नु परेको न्यौपानेले वताउनुभयो । न्यौपाने भरतपुर महानगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष समेत हुनुहुन्छ ।





















