काठमाडौं / प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह वन्धनमा बाँधिएका छन् । ४९ वर्षिय मन्त्री राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग आइतबार विवाह भएको हो ।
कोरोना महामारीका कारण सानो जमघटमा राईले विवाह गरेको पारिवारिक स्रोतले बताएको छ । विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।
आफ्नो जातीय पोशाकमा सजिएका वर-वधुले परम्परागत विधिबाट विवाह सम्पन्न गरेका हुन् ।
























