गोरखा / गोरखा पालुङ्गटारमा सुबिधा सम्पन्न होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सँघियताको बिकास स्थानिय निकाए सञ्चालन सँगै गोरखा जिल्लाकै पुरानो बजारको रुपमा बिकास भएको तनहु , गोरखा लमजुङ्ग मनाङ्ग को केन्द्रको रुपमा बिकसित मध्यपहाडी लोक मार्ग को निमार्ण सँगै नेपाल सरकारले पालुङ्गटारलाई स्मार्ट सिटी को रुपमा निमार्ण गर्ने घोषणा गर्दे गर्दा त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित हुदै ठुला ठुला व्यवसायमा लगानी गरी व्यवसाय स्थापना गरेका छन् ।
सन् १९६० मा स्थापना भएको पुरानो हवाई ग्राउन्ड सञ्चालनमा ल्याउने नेपाल सरकारको योजना सँगै नेपाल राज्य को स्थापनार्थ लिगकोट मा आन्तरिक तथा बाह्य पर्यटक हरुको गन्तव्य बन्दै गर्दा यस क्षेत्रमा आउने पर्यटकलाई मध्यनजर गरिे होटल स्थापना गरिएको हो ।
७ करोड लागतमा १० रोपनी क्षेत्रफलमा आधुनिक शैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमिएर गरी २० वटा सुबिधा सपन्न कोठा ,सेमिनार हल , पार्टि प्यालेस, मिटिङ्ग हल , रेष्टुरेन्ट बार सञ्चालनमा रहेको छ । साथै स्वमिङ्ग पुल को निर्माण कार्य भै रहेको छ । यस क्षेत्रको स्थानिय उत्पादनको स्वाद पाहुना सामु पस्कनु ,पाहुना को आग्रह अनुसार नेपाली कला सँस्कृतीहरु प्रस्तुती गराउनु को साथै यस क्षेत्रका अवलोकनको निम्ती यातायातको सुबिधा समेत व्यवस्था रहेको छ ।
होटल लिगलिग मनास्लु भ्यू , का सञ्चालक मान बहादुर पौड्यालले आन्तरिक तथा बाह्य पर्यटन को बिकास तथा यस क्षेत्रमा स्तरिय होटल नहुदा अन्य बिकल्प खोज्नु पर्ने भएको हुदा त्यसको समाधान र यस क्षेत्रमा पर्यटन बिकासको निम्ती टेवा पुग्ने बिश्वास लिइएको बाताउनु भयो ।





















