कास्की / नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिस्ट पार्टीको चरित्र नभएको बताएका छन् ।
अध्यक्ष नेपालले उहाँमा कम्युनिस्ट पार्टीको चरित्र र गुण नभएको बताएका छन् । मंगलबार पोखरामा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी गुट र व्यक्तिबाट चल्ने नभइ विचार र सिद्धान्तबाट चल्ने बताएका छन् ।
अध्यक्ष नेपालले ओलीले बाटो विराएको भन्दै सुध्रन सुझाव दिँदै कम्युनिस्टहरु इमान्दार हुने भएपनि केपी ओली इमान्दार हुन नसकेको टिप्पणी गरे । ‘केपी ओलीजीले बाटो विराउनुभएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ’ नेता नपालले गल्ती स्वीकार गर्न ओलीलाई आग्रह गर्दै भने । ‘संविधानमा यति ठूलो घात गर्नुभएको छ यसले तपाईंको पनि भलो गर्दैन । गल्ती स्वीकार गर्नुस् ।
प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस्,कम्युनिस्ट आन्दोलनलाई निमिट्यान्न पार्न लाग्नुभएको छ । ‘केपी ओलीले कुन दिन कम्युनिस्ट पार्टी त्यागेको समाचार सुन्न बेर छैन, उहाँमा कम्युनिस्ट पार्टीको चरित्र छैन, गुण छैन’, अध्यक्ष नेपालको भनाइ छ । पार्टी गुट र व्यक्तिबाट चल्ने नभइ विचार र सिद्धान्तबाट चल्ने नेपालको भनाइ छ ।





















