गोरखा / गोरखाको बारपाक सुलीकोटका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन पाँच दिन सम्म गाउँपालिकाका कार्यालयहरु बन्द गरिएको छ ।
गाउँपालिकाले मंगलबार विज्ञप्ति जारी गरी स्वास्थ्य संस्थाहरुबाहेक सबै कार्यालयहरु पाँच दिनसम्मका लागि विदा गरेको जनाएको छ ।
सूर्य ज्योति मा वि क्वारेण्टाइनमा रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि सोही क्वारेण्टाइनमा रहेको एकजना र पालिकाको स्वास्थ्य शाखाका अर्का एकजनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । उनीहरुको सम्पर्कमा रहेकाहरुको यथासीघ्र कन्ट्या ट्रेसिङका लागि पनि पहल भइरहेको उनले बताए ।
यस बिषम परिस्थितिलाई सामान्यीकरण गर्नका लागि धैर्यता, संयमता र सजगता अपनाउन पनि विज्ञप्तिमार्फत गाउँपालिकाले आग्रह गरेको छ





















