चितवन / लोकप्रिय हाँस्यकलाकार कुन्जना घिमिरे सुन्तलीको हिजो जन्मदिन परेको छ । उनले हरेक असार १६ गतेका दिन जन्मदिन मनाउँदै आएकी छिन् ।
उनको जन्मदिनमा हिजो बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको थियो । ललितपुरमा जन्मेकी कुन्जना घिमिरे हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गेरेपछि चर्चामा आएकी हुन् ।

मेरीबास्सैमा काम गरेपछि सामाजिक अभियन्ताका रुपमा पति हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) सँग मिलेर लामो समय सामाजिक काम गरेकी सुन्तलीले म्यूजिक भिडियो, सामाजिक टेलि चलचित्र, चलचित्रमा समेत काम गरिसकेकी छिन् । सुन्तलीलाई हिजो बिहानै पति धुर्मुसले पहिलो शुभकामना दिएका छन् भने, सामाजिक संजाल उनका शुभकामनाले रंगीएको थियो





















