चितवन / चितवनको भरतपुरमा ३० करोड लागतमा नयाँ सुविधा सम्पन्न , चितवन गार्डेन रिसोर्ट , संचालनमा मा आएको छ । चितवन गार्डेन रिसोर्टको उद्घाटन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रिसोर्टका कारण भरतपुरको पर्यटन विकासमा नयाँ आयाम थपिएको बताइन् । भरतपुरको केन्द्रमा संचालनमा आएको यस सुविधा सम्पन्न रिसोर्ट गुणस्तरीय सेवा प्रदान गर्न अब्बल साबित हुने प्रमुख दाहालको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका बागमती प्रदेश सदस्य बद्री तिमिल्सेनाले सुविधा सम्पन्न रिसोर्ट संचालनसँगै समग्र चितवनको विकासमा एउटा इट्टा थपिएको बताए । यसै गरी उद्योग बाणिज्य सघं चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवन गार्डेन रिसोर्ट चितवनको पर्यटन विकासमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।चितवन गार्डेन रिसोर्टका संचालक केशव देवकोटाले पर्यटन क्षेत्रको केन्द्र बन्दै गएको चितवनमा थपिएको चितवन गार्डेन रिसोर्ट एउटा आयाम भएको बताए ।
९ कट्ठा क्षेत्रफलमा ३० करोड लागतमा आधुनिक शैलीमा निर्माण गरिएको रिसोर्टमा डिलक्स र प्रिमियम गरी २८ वडा सुविधा सम्पन्न कोठा, १ हजार सिट क्षमताको रोयल बैंकेट हल, ५०० सय, २ सय र ५० सिट क्षमताको बैकेट तथा मिटिड्गहल ,सुइमिड्ग पुल र रेस्टुरेन्ट रहेको होटलका प्रबन्ध निर्देशक तेज प्रसाद घिमिरेले जानकारी दिए ।





















