काठमाडौं / नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएको जनाएको छन् । अध्यक्ष नेपालले ओलीलाई सुधार्नका लागि गरिएको बताएका छन् ।
जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए ।प्रधानमन्त्री ओलीले मलाई पार्टीभित्रबाटै काम गर्न दिइएन, घेराबन्दी गरियो ।
त्यसैले संसद विघटन गर्न बाध्य भएँ भन्ने तर्क गरेको उल्लेख गर्दै उनले भने, ‘जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार मैलाउन काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलीको विरोध गरिएकै हो, तर पार्टीभित्र । सुधार्नका लागि गरिएको हो, सच्चिनुहुन्छ कि भनेर गरिएको हो ।’
प्रधानमन्त्री ओलीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने समेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको उनले बताए।





















