महेन्द्रनगर / कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा गोली चलेको छ । स्थानीयले भारतीय सीमा सुरक्षा बलका तर्फबाट गोली चलाइएको बताएका छन् ।
भारतीय सुरक्षाकर्मीले चलाएको भनिएको गोली लागेर १ जना स्थानीय घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाले सीमा क्षेत्रमा गोली चलेको खबर आएकाले प्रहरी टोली परिचालन गरिएको जानकारी दिए ।महाकाली पारिको दोधाराचाँदनी नगरपालिकाको क्षेत्रमा एसएसबीले गोली चलाएको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार गोली लागेर दोधाराचाँदनी गाउँपालिका–१ का नरेन्द्र लुहार घाइते भएका छन् । तर, प्रहरीले भने घाइते व्यक्तिबारे केही विवरण सार्वजनिक गर्न मानेको छैन ।





















