काठमाडौं / नेकपाका श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड जीवन संगिनी सीता दाहाललाई उपचारका लागि भारत लैजादै गर्दा भावुक दृश्य देखिएको छ ।
कमरेड सीता दाहालको उपचारको सिलसिलामा छोरीहरू रेनु दाहाल र गंगा दाहाल सहित नेपाल एयरलाइन्सको उडानबाट आज बिहान एघार बजेर बिस मिनेटमा मुम्बई प्रस्थान गरेका छन् । सीता दाहालको उपचार Neurogen Brain and Spine Institute, Mumbai मा हुने स्रोतले बताएको छ ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित सीतालाई उपचारका लागि लैजादै गर्दा त्रिभुवन विमानस्थलमा देखिएको यो भावृक दृश्य हो।






















