चितवन / आज महफिलको २० औं शृङ्खला प्रस्तुत हुँदै छ । आजको प्रस्तुतिमा कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ ,
कार्यक्रम महफिलका संयोजक एवं सञ्चालक बाबु त्रिपाठी ज्यु भने कार्यक्रममा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ गजलकार गणेश बाबु अधिकारी (बाबू) गोरखा हाल पपुवा न्युगिनी साथै गजलकार गिरिजा गैह्रे ज्यु जापान र अमरदेव बास्तोला ज्यु जापान । आजको कार्यक्रम भव्य रहने छ ।
विगत लामो समय देखि सञ्चालन हुँदै आइरहेको महफिल गजल विधाको लागि एउटा सम्मानित स्थान हो यसै क्रमलाई निरन्तरता दिँदै लक डाउनको समयलाई मध्यनजर गर्दै सेतो पर्दा मार्फत सञ्चालन हुँदै आइरहेको कार्यक्रम महफिल हो ।





















