दिएर आफ्नो र लिएर भरपुर ,नहुने रहेछ ।
लिने दिने त गरेको थिएँ हजुर, नहुने रहेछ।
मान्छे काटेकै दिन सदनमा सपथ खायो
जे गरेपनि ठुलाबडाको कसुर ,नहुने रहेछ ।
उसलाई बनाउछु भनेर म सकिएको हुँ
फलाम पगाल्दैमा कोहिनुर ,नहुने रहेछ ।
ऐनामा टाँसेर हेरेंको थिएँ मलाई रुवाइदियो
विधवाको लागि त्यो सिन्दूर ,नहुने रहेछ ।
धनको लोभमा बनाएको सम्बन्ध बिग्यिो
आगोमा पानी हालेपछि भुर्भुर ,नहुने रहेछ ।
ठेगाना – सर्लाही हाल चितवन ।





















