चितवन/ चितवनको भरतपुर महानगरपालिक ११ को मालपोत चोक नजिकै अग्रेजी नयाँ वर्ष २०२१ सगै भरतपुर टाउन रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।
चितवनका ६ युवाले ९६ लाख लगानी गरेर उक्त रेसिडेन्सी सञ्चालन गरेका हुन् । रेसिडेन्सीले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । जागृतिचोक जाने बाटो तर्फ रेसिडेन्सी रहेको छ । पत्रकार सम्मेलनमा सञ्चालक समुन्द्र अर्यालले रेसिडेन्सीमा क्याफे, रेष्टुरेण्ट, लज र बार रहने जानकारी दिए ।
रेसिडेन्सीमा आउने पाहुनाले पक्कु, भुटुवा, भुटन लगायतका टिपिकल नेपाली खानाको स्वाद लिन पाउने उनले बताए । टिपिकल खानाका रुपमा कसौडीमा पकाएको खसीको पक्कु, टाउन प्लाटर (विभिन्न १५ प्रकारका स्वादिष्ट खाजाका परिकार सहित ) र खसीको भुटुवा (कार्टनकुटन) लगायतका परिकार पाइने उनको भनाइ छ ।
उनका अनुसार रेसिडेन्सीमा बास बस्न चाहने पाहुनाका लागि प्रिमियम क्वालिटिका कोठाहरु समेत छन् । जसमा डिलक्स, स्विट र नर्मल गरी १४ वटा कोठाहरु रहेका छन् । यस्तै तीन छुट्टै सर्भिस अपार्टमेण्टसमेत छ । अपार्टमेण्टमा पाहुनाले आँफैले पकाएर खान सक्ने उनले बताए । यी सबैमा एकैपटक ५० जनालाई राख्न सकिने छ । डेढ कट्ठा जग्गामा चार तले भवन निर्माण गरी रेसिडेन्सी सञ्चालनमा ल्याइएको उनले बताए ।

कोठाको प्रतिदिन १८०० रुपैयाँदेखि ३५०० रुपैयाँ सम्म र अपार्टमेण्टलाई प्रतिदिन ४००० देखि ६००० रुपैयाँ सम्म पर्ने अर्का सञ्चालक भोजबहादुर खड्काले जनाए । अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रबार पुस १७ गतेदेखि औपचारिकरुपमा सेवा सुरु हुने उनको भनाइ छ । रेसिडेन्सीको औपचारिक उद्घाटन भने पुस २० गते हुनेछ ।
खड्काका अनुसार विदेशमा सीप सिकेर आएका केही युवा र स्वदेशमै होटल व्यवसायमा सक्रिय युवाले स्वदेशमै आत्मनिर्भर बन्ने गरी लगानी गरेका हुन् । लगानी गर्नेहरुमा जगत भट्टराई , भोज बहादुर खड्का , समुन्द्र अर्याल शंकर बहादुर रिजाल, किशोर सुवेदी, भविन्द्र गुरुङ रहेका छन् ।
रेसिडेन्सीको निर्माण कार्य डेढ वर्ष अघिदेखि सुरु भएको थियो । नेपाली नयाँ वर्षको अवसर पारी यस वर्षको वैशाखबाट सेवा सुरु गर्ने योजना बनाइएको भए पनि कोरोना भाइरस (कोभिड–१९) र लकडाउनका कारण ढिला हुन पुगेको साथै सुपथ मुल्यमा स्तरीय सेवा दिने खड्का लगाएत सम्पूर्ण टिमले बताएका छन् ।
लगानी गर्ने ६ जना युवाहरु






















