काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले आज राजधानीमा शक्ति प्रदर्शन गर्यो।
ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै हजारौँ जनता विरोध प्रदर्शनमा सहभागी भएको पार्टीका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा विभिन्न ८ स्थानबाट र्याली निकालिएको थियो । नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथली लगायतका ठाउँबाट निकालिएको र्याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
आजको प्रदर्शनमा उपत्यकामा मात्रै एक लाख भन्दा बढि मानिस उत्रेका नेकपा नेताहरुले दाबी गरेका छन् । काठमाडौंमा आयोजित विरोध प्रदर्शन र सभालाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ ।
सभामा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत सहभागी थिए ।





्





















