काठमाडौं / खुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चैनपुर–४ मैदानेमा विप्लव समुहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । प्रहरीका अनुसार विप्लव समुहका कार्यकर्ताले ५ राउण्ड गोली चलाएका छन् । प्रहरीले करिब २० राउण्ड फायर गरेको छ ।





















