चितवन / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा नेकपा चितवनको जनवर्गीय संगठनले मसाल जुलुस निकालेको छ ।
माधव प्रचण्ड पक्षले भरतपुरको क्याम्पस गेटबाट निकालेको मसाल जुलुस हाकिमचोकमा पुगेर समापन भएको थियो । सहभागी नेकपा युवाहरुले केपी ओलीले गरेको संसद विघटनको विरोध गरेका थिए । उनीहरुले संसद पुनस्र्थापनाको माग गरेका छन् । मसाल जुलुस कार्यक्रममा सयौँको उपस्थिति थियो । मसाल जुलुसमा प्रहरीले धरपकड गरेको थियो ।
क्याम्पस गेटबाट चौबीसकोठीतर्फ आउँदै गरेको जुलुसमा प्रहरीले लाठीचार्ज गरेको युवा नेता साजन अधिकारी ले बताए। प्रहरीको लाठीचार्जबाट एक दर्जनबढी युवाहरूको खुट्टामा चोट लागेको उनले बताए।






















