गोरखा / आज भन्दा ठिक १२ दिन अगाडिको अबिरल बर्षाका कारणले गोरखाको पालुङटार नगरपालिका र तनहुँको तुरुतुरे जोड्ने बेलबृजको तनुहु पट्टिको जिप बगाए सगै आवत जावत बन्द भएको सर्वविदितै छ ।
गोरखा क्षेत्र नम्बर २ का माननीय हरि शरण आचार्य ज्युले आजको १० दिन भित्र बन्दै गरेको नयाँ मोटरवेल पुल सन्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।
संयोगले आज फेरि त्यहाँको निरिक्षण गर्ने अबसर मिल्यो तर आज सम्म पनि पुल सन्चालनका निम्ति उल्लेखनीय प्रगति केही देखिएन् ।
माननीय ज्युले दिन गन्न बिर्सनु भएछ कि भ्रमको खेति नै गर्नु भएछ त्यो त थाहा भएन् । तर जनतालाई दिने आश्वसनहरु क्षेणिक तालि खानका निम्ति मात्र रहेछन् भन्ने चाहिँ पुष्टि भयो ।





















