काठमाडौं / संसद विघटनको प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने निर्णय खुमलटार बैठकले गरेको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका सचिवालय सदस्यहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन ओलीमाथि दबाब बढाउने निर्णय गरेको हो। अध्यक्ष दाहाल तथा माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहितको बैठकले ओली माथि दबाब बढाउने निर्णय लिएको हो।
ओलीले संसद विघटन प्रस्ताव गरेपछि आइतवार बिहान बालुवाटारमा भेटेका प्रचण्ड फेरि त्यहाँ पुगेका छन्। स्थायी कमिटी बैठकअघि उक्त प्रस्ताव फिर्ता लिन भन्दै दाहाल बालुवाटार पुगेका हुन्। त्यसपछि बालुवाटारमै नेकपा स्थायी कमिटी बैठक बस्ने तयारी छ।





















