चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा कमिटी–११ भरतपुर महानगरपालिकाको टेलिफोन डायरी विमोचन भएको छ । वडा कमिटी–११ का अध्यक्ष प्रकाश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटीका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’ प्रमुख अतिथि रहनुभएको थियो ।
शनिबार भरतपुरमा एक कार्यक्रमका बीच उक्त टेलिफोन डायरी विमोचन गरिएको हो । डाइरेक्टरीको विमोचन प्रतिनिधि सभा सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) चितवनका सचिव कृष्णभक्त पोखरेल, वाग्मती प्रदेश सभा सांसद विजय सुवेदी, वाग्मती प्रदेश कमिटी सदस्य शान्ति अधिकारी ,अध्यक्ष यमबहादुर परियार र प्रदेश सदस्य शारदा कुमालको उपस्थितिमा भएको थियो ।
वडा कमिटी–११ का अध्यक्ष प्रकाश आचार्यले वडामा रहेको सक्रिय कार्यकर्ताहरुको फोन नम्बर संकलन गरिएको बताए । सकेसम्म सबैको फोन नम्बर राख्ने कोसिस आफूहरुले गरेको बताउँदै उनले कसैको छुटेको भएमा क्षमा दिन आग्रह गर्दै अर्को पटक समावेश गर्ने बताए । वडा स्तरमा अगुवा कार्यकर्ता भेला गरी एकताको सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।
त्यस्तै वडाका सहइन्चार्ज नरेश अधिकारीले नेकपालाई फुटाउन कुनै नेतालाई पनि छुट नभएको र पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजाने बताउनु भयो ।
विमोचन कार्यक्रममा जिल्ला पार्टी सदस्य तेजेन्द्र खड्का, महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, महानगर कमिटी सचिव ईश्वर सापकोटा ‘सुमन’, वडा कमिटी इन्चार्ज एवम् जिल्ला सदस्य सुरेशचन्द्र अधिकारी, वडाका सहइन्चार्ज नरेश अधिकारी, जिल्ला सदस्य कमल मल्ल, भरतपुर ११ का वडाध्यक्ष बाबुराम अधिकारी , सदस्य बिना गुरुङ्ग, ज्ञानबहादुर कुमाल, चिन्तामणि लम्साल , अन्य कार्यकर्ताहरु , भरतपुर ११ मा रहेको विभिन्न भातृ संगठनका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
त्यस्तै पत्रकारहरु कृष्ण गीरी , तिलक रिमाल , तिर्थ नेपाल , नबिन बाबु मरहट्टा , सन्तोस देवकोटा , शान्ता अधिकारी , शंकर अधिकारी , कृष्ण खनाल , मुकुन्द भुसाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा कमिटीका सचिव शालिकराम सापकोटाले गरेको थिए ।






















