काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न प्रभानमन्त्री शितल निवास पुगेको स्रोतले बतायो।
राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषयमा जानकारी गराउने उद्धेश्यले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेको स्रोतले बताएको छ ।
यसअघि आजै बिहान खुमलटारबाट बालुवाटार फर्कदा ओली मन्त्रीहरुको निवास पुल्चोक पसेर गृहमन्त्री सहित अन्य चार मन्त्रीहरुसँग समेत भेटवार्ता गरेका थिए ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीको दौडधुपलाई अर्थपुर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीले गत मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएका थिए ।





















