काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश-१ का प्रचण्ड-नेपाल समूहले यस्तो निर्णय निकालेको हो ।
‘प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत रहेका जगननाथ खतिवडाले भने अध्यादेश फिर्ता नभए हामीले थप कदम चाल्छौं र आजको भेलामा पनि त्यही विषयमा कुराकानी भयो,’ खतिवडाले सञ्चारकर्मीहरूसँग बोल्दै भने, ‘प्रधानमन्त्री ओलीबाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।’
सो भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएको आरोप लगाए । प्रधानमन्त्री ओलीले पटक पटक पार्टी विभाजन गर्नु भयो र हामीले पटक पटक त्यसलाई जोगाएका छौं’ ।
बैठकमा प्रधानमन्त्री ओलीले आफूसँग गरेको प्रतिवद्धतामा एक घण्टा पनि टिक्न नसकेको प्रचण्डको गुनासो थियो ।
पार्टी कार्यालय पेरिसडाँडामा भएको भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए।





















