चितवन / समाजमा रहेका विपन्न वर्गका निम्ति खाद्यान्न ,औषधि उपचार लत्ताकपडा सहयोग गर्दै आईरहेको दुखको साथी अभियानले आज बुधबार कालिका नगरपालिका वडा नं ९ मा रहेको लतौली टोल,सुपार टोल, देउराली टोल, गोच्छीराङ टोलमा रहेका विपन्न वर्गहरुको लागि संकलन गरिएको कपडाहरु कालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हेम बहादुर क्षेत्रीको रोहवरमा राजवन मैतेस टोलका अध्यक्ष कविलाल प्रजाको जिम्मामा दुखको साथी अभियानबाट कपडा हस्तान्तरण गरिएको छ।

उक्त कपडा लतौली टोल,सुपार टोल, देउराली टोल, गोच्छीराङ टोलकोहरुको अध्यक्षको रोहवरमा वितरण गरिने दुखको साथी अभियानको संयोजक देवीका कुवँरले जानकारी दिईन् ।






















