पोहोर ल्याको ऋण फिर्ता गरौंला नि आमा
खरको छानो छिट्टै टिनले भरौंला नि आमा
रात दिन हाम्रो खोइरो खन्ने पापीहरुलाई
यो मन दिई हामी अन्तै सरौंला नि आमा
आफन्तिले घात गरी छुरा धस्न उठेपछि
हाँस्दै हाँस्दै हामी पनि मरौँला नि आमा
दह बन्छ भन्छ्यौ तिमी आँशु जम्मा भए
आगत सँगै लडी जीवन तरौंला नि आमा
समाज हाम्रो सम्पत्ति हो विश्वास तिमी गर
विश्वासिलो दियो त्यहीँ छरौँला नि आमा ।





















