काठमाडौँ / जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेसलाई बधाई दिएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारको निरंकुशता रकुशासनविरुद्ध सडकमा उत्रिएकोमा नेपाली काँग्रेसलाई सामाजिक सञ्जाल मार्फत डा.भट्टराईले बधाई दिएका हुन् ।
उनले आफ्नो पार्टी पनि छिट्टै एकता समायाजनको काम सकर सडक र सदनमा गर्जने भट्टराईले बताए ।
‘ओली सरकारको निरंकुशतारकुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ,’ भट्टराईले भनेका छन्, ‘अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक/सदनमा गर्जन्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।





















