काठमाडौं / सरकारसँग गत वर्ष गरेको सम्झौता कार्यान्वयन नभएको बताउँदै उखु कृषकहरूले आइतवारदेखि राजधानीमा फेरि आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।
एक वर्ष अगाडि जाडोयाममा काठमाण्डू आन्दोलन गरेपछि सरकारले सम्झौता गरेका थियो। वर्षौँ देखि चिनी उद्योगले नदिएको रकम भुक्तानी हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ। त्यसबाहेक उखु खेतीसँग जोडिएका अन्य मागहरू पनि छन्।
उखु कृषकको आन्दोलनमा नेपाल उखु उत्पादक महासङ्घजस्ता सङ्घ(संस्थाले सहभागिता नरहेको बताएका छन्।
आन्दोलनको चेतावनी दिने कृषकहरूका अनुसार गत वर्ष स्वतःस्फूर्त रूपमा आन्दोलनमा आएका कृषकहरू नै सहभागी हुनेछन्।
नेपालमा वर्षौँदेखि उखु कृषकहरूले चिनी उद्योगीले समयमा रकम भुक्तानी नगरेको गुनासो गर्दै आन्दोलन गरिरहेका छन्।
हरेक सरकारले उखु किसानका माग सम्बोधन गर्ने सम्झौता गर्ने, कार्यदल वा समिति बनाउने र प्रतिवेदन तयार पार्ने पनि गरेका छन्। तर उखु कृषकको समस्या जस्ताको तस्तै रहेको बताइन्छ।
फेरि उखु कृषक आन्दोलन गर्न काठमाडौंमा
फेरि उखु कृषक आन्दोलन गर्न काठमाडौंमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















