चितवन / नेकपा नेतृत्वमा रहेको सरकारको कार्यशैली को विरुद्धमा नेपाली काङग्रेस चितवनले प्रदर्शन गर्ने भएको छ ।
सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको, कोभिड सक्रमणमा उचित ब्यस्थापन गर्न असक्षम रहेको भन्दै सरकार विरुद्ध मंसिर २९ गते चितवन काङ्ग्रेसले प्रदर्शन गर्ने तयारी गरेको छ । त्यस्तै नेता रामचन्द्र पौडेललाई तनहुँमा भएको दुव्र्यवहारको विरुद्ध पनि काग्रेसको प्रदर्शन केन्द्रित हुने छ ।
आइतवार जिल्ला समितिको बैठकले केन्द्रीय समितिबाट निर्देशित कार्यक्रम अनुसार काण्डै काण्डको सरकारले काम गर्न नसकेको आरोप लगाउदै जिल्लामा प्रदर्सन गर्न लागेको पार्टी सचिब उत्तम जोशिले बताउनु भयो । मध्यान्न १२.३० बजे भरतपुरको चौबीसकोठीदेखि नारायणगढको पुल्चोक पुगेर सभा गरिने सचिब जोशीले जानकारी दिनुभयो । सभालाई केन्द्रिय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले क्रियासिल सदस्यको छनौटलाई टुङग्याउने लगाउने निर्णय गरेको छ । बैठकले पार्टी एकीकरणपछि फोरम लोकतान्त्रिकको भागमा रहेको जिल्ला सदस्य पदमा महाधिवेशन प्रतिनिधि मित्रनिधी तिवारिलाई मनोनीत गरेको छ । साथै अन्य पार्टी परित्याग गरि नेपाली काङग्रेस प्रवेश गरेकाहरुलाई सोही बैठकले स्वागत गरेको थियो ।
हालसालै निधन भएका त्यस्तै पार्टिका रत्ननगरका पुर्ब नगर सभापति खडानन्द पौडेल , पार्टिका नेता स्वर्गीय बिष्णुबिलास ढकालकि धर्मपत्नी बिष्णुमाया ढकाल लगायत प्रजातन्त्रका सेनानी , कृयासिल सदस्य प्रती श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताब पारित गरेको छ ।





















