काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ।
यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नपुगेको कारण बैठक सुरु हुन ढिलाइ भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका अरु नेताहरु पुगे पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली अझै पुगेका छैनन् ।
शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।
बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली भने सहभागी रहेका छैनन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकमा ओली सहभागी नहुने जानकारी दिए । नेताहरुले केही समय ओलीलाई कुरेपनि नआउने निश्चित भएपछि उनी बिनै बैठक सुरु भएको हो ।





















